काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक र डा. गोविन्द केसीको अनशनबारे संसदीय दलका उपनेता सुवास नेम्वाङ र योगेश भट्टराईसँग छलफल गरेका छन्।


ADVERTISEMENT


सोमबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा तीनजनाबीच एक घण्टा भन्दा बढी गोप्य छलफल भएको हो।


ADVERTISEMENT

# # #


आफूसँग भएको सहमतिअनुसार प्रतिनिधिसभाले विधेयक पारित नगरेको भन्दै डा. केसी १९ दिनदेखि १६औं अनशन बसिरहेको र प्रमुख प्रतिपक्षी दलले यही विषयलाई उठाएर सडक आन्दोलनको घोषणा गरेको परिपेक्षमा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको हो ।

उपनेता नेम्वाङले विधेयक पारित भएपछिको अवस्थाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको जानकारी दिए।

उनले भने, ‘अनौपचारिक कुराकानी गर्‍यौँ। विधेयक पारित भएपछि उत्पन्न भएको परिस्थिति र डा. केसीको आन्दोलनबारे छलफल भयो ।’

प्रतिपक्षी कांग्रेसको नाराबाजीका बीच विधेयक पारित गर्न नेम्वाङ र भट्टराईले भूमिका खेलेका थिए ।

छलफलपछि प्रधानमन्त्री कार्यालयमै अहिले मन्त्रिपरिषदको बैठक बसिरहेको छ । संभवत केसीको अनशनबारे जारी मन्त्रिपरिषद बैठकले निर्णय लिन सक्नेछ ।