राँझा – बाँकेको कोहलपुरस्थित सिद्धार्थ बैंकको एटीएम मेशिन तोडफोड गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।


ADVERTISEMENT


कोहलपुर नगरपालिका–११ एनटीभीरोडमा रहेको सिद्धार्थ बैंकको एटीएम मेशिन तोडफोड गरेको अभियोगमा जुम्ला चन्दननाथ नगरपालिका–९ बस्ने २९ वर्षीय कृष्णबहादुर खत्री र सोही नगरपालिकाको वडा नं. १३ बस्ने २४ वर्षीय अनिल विकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए।


ADVERTISEMENT

# # #


गत शनिबार बैंकको एटीएम मेशिन तोडफोड गरेर फरार रहेकामा विशेष सूचनाको आधारमा कोहलपुर नगरपालिका–११ बसपार्कबाट आइतबार राति नियन्त्रणमा लिएको हो । अभियुक्तका साथबाट हथौडा, चक्कुसमेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए।