काठमाडौं – टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले यूएईको चौथो विकेट लिन सफल भएको छ । नेपालका लागि चौथो सफलता सोसन्दीप लामिछाने दिलाएका हुन् ।


ADVERTISEMENT


उनले मोहम्मद उस्मानलाई आउट गरेका हुन् । पारस खड्काको हातबाट क्याच आउट हुनुअघि उस्मानले २३ बलमा २ छक्का र एक चौकाको मदतमा ३० रन बनाए । यसअघि सन्दीपले नै नेपाललाई पहिलो सफलता दिलाएका थिए । उनले आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिन सफल भए । सन्दीपको बलमा युएईका अष्फाक अहमद दुई रनमा आउट भए ।


ADVERTISEMENT

# # #


दोस्रो विकेट सोमपाल कामीले लिए भने तेस्रो विकेट वसन्त रेग्मकिा नाममा रह्यो । युएईले १४ ओभरमा ४ विकेट गुमाएर १०५ रन बनाएर खेलिरहेको छ ।