काठमाडौँ – नेपाली युवा खेलाडी सन्दीप जोराले विश्व रेकर्ड राखेको छन् । जोरा टी २० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने विश्वकै कान्छो खेलाडी भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले जनाएको छ ।


ADVERTISEMENT


१७ वर्ष १०३ दिनका जोराले युएईविरुद्ध बिहीबार भएको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए । उनले डेब्यू खेलमै अर्धशतक प्रहार गरेर विश्व कीर्तिमान कायम गरेका हुन् । आजको खेलमा उनले ४६ बलमा नटआउट ५३ रन बनाएका थिए । यसक्रममा जोराले ३ चौका र एक छक्का हाने ।


ADVERTISEMENT

# # #


जोराले कीतिमान कायम गरेपनि टिमलाई भने जिताउन सकेनन् । १५४ रनको लक्ष्य पच्छ्याएको नेपाल २१ रनले पराजित भएको छ ।

सन्दीप अन्तर्राष्ट्रिय टी(२० मा डेब्यू गर्ने नवौँ युवा खेलाडी पनि हुन् । डेब्यू खेलमा सबैभन्दा धेरै रन बनाउने तालिकामा भने सन्दीप १९ औँ नम्बरमा रहे । साथै डेब्यू खेलमा अर्धशतक बनाउने उनी २० औँ खेलाडी रहे ।

यस्तै युएईविरुद्ध नै टी(२० डेब्यू गरेका रोहित पौडेल डेब्यू गर्ने तेस्रो युवा खेलाडी रहे । उनको डेब्यू उमेर १६ वर्ष १ सय ५१ दिन रहेको छ । सबैभन्दा कम उमेरमा टी(२० डेब्यू गर्ने कुवेतका मिट भावसर हुन् । उनले ११ दिनअघि माल्दिभ्सविरुद्धको खेलमा १४ वर्ष २ सय ११ दिनमा डेब्यू गरेका थिए ।

दोस्रोमा हङकङका वाकस खान रहेका छन् । वाकसले २०१४ को नोभेम्बरमा १५ वर्ष २ सय ५९ दिनको उमेरमा नेपालविरुद्ध डेब्यू गरेका थिए ।

यसअघि युवा रोहित कुमार पौडेलले भारतीय क्रिकेत इतिहासका हस्ती शचिन तेन्दुल्कर र पापिकस्तानका पूर्व कप्तान शाहीद अफ्रिदीको रेकर्ड तोड्दै एक दिवसीय खेलमा अर्धशतक बनाउने विश्वकै कान्छो खेलाडी बनेका थिए । रोहितले १६ वर्ष १४६ दिनमा उक्त उपलब्धी हासिल गरेका थिए ।