काठमाडौं । विराटनगर महानगरपालिका-१४ स्थित अशोककुमार यादवको घरमा बिहीबार साँझ दुई शव फेला परेका छन्।


ADVERTISEMENT


दुवै शव भारतीय नागरिक भएको खुलेको छ।


ADVERTISEMENT

# # #


यादवको घरमा आठ/नौ महिना अघि कोठा भाडामा लिएर बसेका उनीहरू दम्पत्ति हुन् कि हैनन् भन्ने नखुलेको प्रहरीले जनाएको छ।

शव भारत दरभंगा घर भएका अन्दाजी ३५ वर्षीय रन्जन सिंह र अन्दाजी २५ वर्षीय पूजाजाकुमारीको शव भएको प्रहरीको भनाइ छ।

युवकको शव रातो रंगको गलबन्दीमा पासो लगाएर झुन्डिएको अवस्थामा र युवतीको शव घाँटीमा निलो रंगको सलले बाँधेको र भूइँमा लडिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

दुवै जनाले सहमतिमै झुन्डिएर आत्महत्या गरेको तर युवतीले झुन्डिन प्रयोग गरेको सल भने चुँडिएर शव भूइँमा खसेको हुन सक्ने प्रहरीको अनुमान छ।

घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। पोस्टमार्टमका लागि दुवै शव विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा राखिएको छ।