काठमाडौँ– युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज टी-२० सिरिजको दोस्रो खेल खेल्दैछ । दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ओभल मैदानमा नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको छ ।


ADVERTISEMENT


पहिलो खेलमा ब्याटिङ नचलेपछि २१ रनको हार ब्यहोरेको नेपालले आज टिममा दुईवटा परिवर्तन गरेको छ । आजको टिममा युवा खेलाडी पवन सर्राफले डेब्यू गरेका छन् । ब्याटिङ समेत गर्न सक्ने अलराउन्डर पवन अफब्रेक बलिङ गर्ने गर्छन् । उनी रोहित पौडेलको स्थानमा टिममा आएका हुन् ।


ADVERTISEMENT

# # #


यस्तै अर्का स्पीनर बसन्त रेग्मीको स्थानमा ललित राजवंशी आएका छन् । श्रृंखलामा आफ्नो दाबेदारी कायमै राख्नका लागि नेपालले आज जित्नैपर्ने दबाब रहेको छ । यसअघि ३ खेलको एकदिवसीय सिरिज नेपालले २-१ ले जितेको थियो ।

यस्तो छ नेपाली टिम

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, प्रदिप ऐरी, दिपेन्द्रसिंह ऐरी, सन्दिप जोरा, पवन सर्राफ , सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, ललित नारायण राजवंशी, अभिनाश बोहोरा