कतार– ३९ वर्षिय स्पेनिस फेलिक्स सान्चेज कतारको राष्ट्रिय फुबटल टोलीको नयाँ प्रशिक्षक चुनिएका छन् । सान्चेज उरुग्वेका ६४ वर्षिय जोर्गे फोसातीको स्थानमा प्रशिक्षक नियुक्त भएका हु्न् ।


ADVERTISEMENT


एक वर्षभन्दा कम समययता सान्चेज कतारको प्रशिक्षक हुने तेस्रो व्यक्ति हुन् । सान्चेजलाई मुख्य प्रशिक्षकको रूपमा औपचारिकरुपमा नियुक्त गरेको ट्वीटरबाट कतार फुटबल संघले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


उनलाई विश्वकप २०१८ छनोटमा बाँकी रहेका सिरिया र चीनसँगको खेलमा कतारको टिम सम्हाल्ने जिम्मेवारी दिइएको छ । सान्चेज कतारको यू–२३ टिमका मुख्य प्रशिक्षक रहेका थिए ।

फोसातीले दक्षिण कोरियामाथि ३–२ को शानदार जितपछि गत महिना अप्रत्याशित रुपमा आफनो पदबाट राजीनामा दिएका थिए । उक्त नतिजाले सन् २०२२ को विश्वकप आयोजक कतारको आगामी विश्वकपमा छनोट हुने झिनो सम्भावना कायमै राखेको थियो ।

तर, आफनो देशभन्दा बाहिर जन्मेका खेलाडीलाई अवसर दिने विषयमाथि फोसाती र कतारका पदाधिकारीहरुबीच मतभेद भएपछि फोसातीले राजीनामा दिन बाध्य भएको बताइन्छ ।

उता, कतारसँग हारेपछि दक्षिण कोरियाले जर्मनीका उली स्टिलाइकलाई पनि बर्खास्त गरेको थियो ।