काठमाडौं । नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुले प्रधानमन्त्री कार्यालयका सचिव शिशिर कुमार ढुंगानाको गाडी कब्जामा लिएका छन् ।


ADVERTISEMENT


शनिबार बिदाका दिन पनि गाडी चलाइएको भन्दै ढुँगाना चढेको बा १ झ ९९९५ नम्बरको सरकारी गाडीको चाबी खोसिएको नेबिसंघले जनाएको छ ।
यस्तै, मे १ झ १५१ नम्बरको गाडी सहित अरु ५ वटा सरकारी गाडीका चाबी समेत नियन्त्रणका लिईएको छ ।


ADVERTISEMENT

# # #


साँझ गाडीको चाबी ट्राफिक प्रहरीलाई बुझाइने बताईएको छ । आजै नेविसंघ कार्यकर्ताले गण्डकी प्रदेशको कास्कीमा एउटा सरकारी गाडी जलाएका थिए।

संघले पूर्वघोषित आन्दोलन अनुसार शनिबार सरकारी गाडी चल्न नदिने निर्णय गरेको थियो ।