काठमाडौं । अहिले मुलुकको अर्थतन्त्रमा माग तथा आपूर्तिको चक्रसमेत प्रभावित भएको उद्योगीहरू बताउँछन् ।


ADVERTISEMENT


अहिले बजारमा थुप्रै उपभोग्य तथा निर्माण सामग्रीको मागसमेत घटेको उद्योगीहरूको भनाइ छ । बजेटले मोबाइललगायत थुप्रै वस्तुले पाउँदै आएको भ्याट फिर्तालाई खारेज गरिदिएको छ ।


ADVERTISEMENT

# # #


यसले मोबाइल आयात तथा व्यापार प्रभावित भएको व्यापारीहरू बताउँछन् । अटोमोबाइल ऋणमा लगाइएको क्यापका कारण आयात प्रभावित भएको छ । फलामे छड, आल्मुनियमलगायत केही निर्माणजन्य साम्रगीको व्यापारसमेत घटेको छ ।

‘अनुकूल व्यावसायिक वातावरण भएका वेला पनि उद्योग–व्यवसाय उत्साहप्रद हुन सकेको छैन,’ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने ।

तरलताको समस्याले बजारको चक्र अवरुद्ध भएको गोल्छाको तर्क छ । ‘निर्माण क्षेत्रमा वस्तुको माग घटेको छैन, तर रकम अभावमा उद्योगहरूले आपूर्ति गर्न सकेका छैनन् । उपभोग्य सामानहरूको होलसेल बिक्री धेरै नै घटेको छ,’ उनले भने ।

दसैँपछि अटोमोबाइलको आयात पनि नाटकीय रूपमा घटेको र आयातकर्ता तथा उत्पादकले बजारमा सामान नै पठाउन नसकेको उनले बताए । ‘व्यवसायीहरूले बाध्य भएर स्टक घटाइरहेका छन्,’ उनले भने ।

सुस्त औद्योगिक उत्पादन
केन्द्रीय बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष ०७४–७५ मा दर्जनभन्दा बढी औद्योगिक वस्तुको उत्पादन ४ प्रतिशतदेखि ८९ प्रतिशतसम्मले घटेको छ । औद्योगिक वातावरण अनुकूल बन्दै गइरहेका वेला औद्योगिक उत्पादन भने घटेको सरकारी तथ्यांकले देखाएको छ ।