पोखरा । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले पोखरा क्षेत्रमा सबै किसिमका खेलकूदको विकास गर्न सकिने सम्भावना रहेको बताएका छन् ।


ADVERTISEMENT


पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित शिशु कल्याण माध्यमिक विद्यालयको ४१ औँ वार्षिकोत्सव तथा ४२ औँ अभिभावक दिवस समारोहको आइतबार यहाँ उद्घाटन गर्दै उनले पोखरा र आसपासमा एक हजार रोपनीसम्मको जग्गा उपलब्ध भएमा सरकार अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाउने सोचमा रहेको जानकारी दिए।


ADVERTISEMENT

# # #


कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य भीम कार्कीले समयको मागअनुरुप शिक्षा नीति परिमार्जित हुनुपर्ने बताए। उक्त अवसरमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीका साथै अभिभावकलाई सम्मान गरिएको थियो ।