काठमाडौं । युएई भ्रमणका क्रममा दुुवै सिरिज जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज (सोमबार) नेपाल फर्किंदै छ। नेपाली क्रिकेट टिम भोलि अपरान्ह साढे ३ बजे काठमाण्डौ आइपुग्ने छ ।


ADVERTISEMENT


युुएईविरुद्ध तीन श्रृंखलाको एकदिवशीय र तीन श्रृंखलाकै टि–२० क्रिकेट नेपालले जितेको हो । दुवै सिरिज नेपालले समान २–१ ले आफ्नो पक्षमा पार्यो ।


ADVERTISEMENT

# # #


दुवै सिरिजमा पहिलो खेल हारेको नेपालले दोश्रो र तेश्रो खेल जित्दै ऐतिहासिक सफलता हात पारेको हो । यी दुवै फम्र्याटमा नेपालले सिरिज जितेको यो पहिलो पटक हो।

एक दिवशीय सिरिजमा हप्तान पारस खड्का र टि–२० सिरिजमा राष्ट्रिय टोलीमा डेब्युु गरेको अभिनास बोहरा म्यान अफ दि सिरिज बने।
नेपाली टिमका स्टार खेलाडी सन्दीप लामिछाने अष्ट्रेलियामा बिग बास लिग खेल्न जाने छन् । बंगलादेश लिगबाट सन्दीपको टोली सिलेट सिक्सर्स लिग चरण पार गर्न असफल भएपछि उनी अब सिधै अष्ट्रेलिया जान लागेका हुन्।

बिग बासमा सन्दीपको टिम मेलवर्न स्टार्सले अझै लिगमा दुई खेल खेल्न बाँकी छ । उक्त खेलपछि स्टार्स प्लेअफमा पुगेमा सन्दीपले बाँकी खेल पनि खेल्न पाउनेछन्। उनले सुरुका चार खेल खेल्दा ८ विकेट लिएका थिए।

उनको टिमले बिग बासमा फेब्रुअरी ८ मा ब्रिसवन हिट र फेब्रुअरी १० मा सिड्नी सिक्सर्ससँग खेल्नेछ।

लिगमा १२ खेल खेलिसकेको स्टार्स ६ जित र ६ हारको नतिजासहित १२ अंक जोड्दै अंकतालिकामा चौथो स्थानमा छ। स्टार्सले अब बाँकी दुईमध्ये एक खेल जितेमा पनि शीर्ष चारमा रहँदै सेमिफाइनल पुग्नेछ।