काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सँगको पहिलो एक दिवशीय अन्तर्राष्ट्रिय क्रिकेट तथा ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृङ्खला जितेर कीर्तिमान बनाएको नेपाली टोली सोमबार स्वदेश फर्किँदै छ ।


ADVERTISEMENT


आइतबार भएको तेस्रो तथा अन्तिम ट्वेन्टी–ट्वेन्टीमा जित निकाल्दै नेपाली टोलीले शृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको हो ।


ADVERTISEMENT

# # #


सुरुको खेलमा पराजित भएको नेपालले त्यसपछिका दुवै खेल जितेको हो । यसअघि नेपाली टोलीले युएईसँगको एकदिवशीय शृङ्खला २–१ ले नै जितेको थियो । जितसँगै नेपाली टोलीले एक दिवशीय र ट्वेन्टी–ट्वेन्टी शृङ्खलामा जितको कीर्तिमान बनाएको हो ।

https://twitter.com/IamSandeep25/status/1092078224920797190

 

नेपाली टोलीको जितमा महत्वपूर्ण भूमिका रहेका युवा खेलाडी सन्दीप लामिछानेले एक दिवशीय तथा ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय शृङ्खला जित्नु गर्वको कुरा रहेको बताएका छन् ।

उनले ट्वीट गरेर टिमका सबैको उच्चस्तरको प्रयासका कारण सफलता सम्भाव भएको उल्लेख गरेका छन् । उनी बिग बास लिगका लागि अस्ट्रेलिया जाँदै छन् ।

 

यस्तै नेपाली टोलीका कप्तान पारस खड्काले पछिल्लो दुई हप्ता क्रिकेटका हिसाबले उत्कृष्ट रहेको उल्लेख गरेका छन् ।

जितपछि खड्काले ट्वीट गरेर टिमका सबै खेलाडीले गरेको प्रयास तथा कडा मेहनतले गर्वको क्षण आएको बताएका छन् । कप्तान खड्काले यस्तै यात्रा अघि पनि जारी रहने आश गरेका छन् । नेपाली टोली सोमबार दिउँसो ३ बजेपछि नेपाल आउँदैछ ।