काठमाडौँ । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको गृहनगर झापाको भद्रपुर नगरपालिकामा एमालेले बाजी मारेको छ। एमालेले मेयर र उपमेयर दुवै पदमा जित हासिल गरेको हो ।


ADVERTISEMENT


एमालेका जीवनकुमार श्रेष्ठले ११ हजार ४२ मत ल्याउँदै मेयरमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गणेश पोखरेलले ७ हजार २ सय १५ मत पाएका थिए।


ADVERTISEMENT

# # #


उपमेयरमा पनि एमालेकै चन्द्रमाया श्रेष्ठ विजयी भएकी छिन्। उनले १० हजार ६ सय ५० मत प्राप्त गरिन् भने श्रेष्ठकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तारा भुर्तेलले ६ हजार ४ सय ९८ मत ल्याइन्।

नेता सिटौलाले मतदान गरेको वडा नं। १० मा पनि एमालेको प्यानलै विजयी भएको छ। यहाँको १० वडामध्ये ७ वडा एमाले, २ कांग्रेस र १ माओवादीको पोल्टोमा परेको छ ।