काठमाडौँ– व्यवस्थापिका–संसदमा विनियोजन विधेयक, २०७४ को विभिन्न शीर्षकमाथिको छलफल जारी छ ।
आजको बैठकमा परराष्ट्र, सङ्घीय मामिला तथा स्थानीय विकास, आपूर्ति, उद्योग, ऊर्जा, कृषि विकास र खानेपानी तथा सरसफाइ मन्त्रालय शीर्षकमाथिको छलफलमा सांसदहरुले भाग लिएका थिए ।


ADVERTISEMENT


छलफलमा हितराज पाण्डे, लालबाबुप्रसाद यादव, दिलमान पाख्रिन, सोमप्रसाद पाण्डे, जमिन्द्रमान घले, सीता नेपाली, रञ्जीत कर्ण, आनन्दप्रसाद पोखरेल, टुकराज सिग्देल, चन्द्र महर्जन, राजेन्द्रकुमार केसीलगायतले भाग लिएका थिए ।


ADVERTISEMENT

# # #


उनीहरुले वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई रोक्न कृषिलाई आधुनिकीकरण गर्नु जरुरी रहेको आवश्यकता औँल्याउँदै पूर्वाधार र विकास निर्माणका कार्यमा सबै दलबीच राजनीतिक सहमति हुनुपर्ने धारणा राखे ।

बैठकमा सांसदहरुले मुुलुकभर बाढी पहिरोबाट पीडित जनताको उद्धार र राहतका लागि तत्काल उचित व्यवस्था गर्न सरकारसँग माग गरे । संसदको अर्को बैठक असार २२ गते बिहान ११ बजे बस्नेछ ।