काठमाडौँ– इतिहासमै पहिलो पटक एकदिवसीय र टी २० श्रंखला जितेको नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ । युनाइटेड अरब इमिरेट्स (युएई)संगको समान ३/३ खेलको एक दिवसीय र टी-२० सिरिज नेपालले २-१ ले जितेको थियो ।


ADVERTISEMENT


श्रृंखला विजेता खेलाडीहरुलाई विमानस्थलमा रातो कार्पेटसहित फूलमालाले भव्य स्वागत गरिएको छ ।  राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव कुमार विष्टका अनुसार विजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिइने भएको छ ।


ADVERTISEMENT

# # #


राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, उपाध्यक्ष तिम्सिनालगायत पदाधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर नेपाली टिमलाई स्वागत गरेको थिए ।

युएईबाट त्रिभुवन विमानस्थलमा ३ बजे आइपुगेको नेपाली टिमलालाई स्वागत गर्न क्रिकेटको पनि बाक्लो उपस्थिति रहेको थियो ।

यसैबीच नेपाली युवा बलर सन्दीप लामिछाने भने राष्ट्रिय टोलीका साथ आज नेपाल फर्किएनन् ।

लामिछाने बिग बास लिग खेल्न आजै संयुक्त अरब इमिरेट्स (युएइ)बाट अष्ट्रेलिया जाँदैछन् । उनी सो लिग बीचमै छोडेर बिपिएलका लागि बङ्गलादेश गएका थिए। बङ्गलादेशबाट राष्ट्रिय टोलीबाट यूएइमा तीन एक दिवसीय र तीनवटा टि–२० शृङ्खला खेलेका उनी पुनः अष्ट्रेलिया जान लागेका हुन्।

अष्ट्रेलियामा जारी बिग बास लिगमा सन्दीप मेलबर्न स्टार्सबाट खेलिरहेका छन्। बिग बासको शुरुआती चार खेल खेलेर सन्दीप बङ्गलादेश प्रिमियर लिग (बिपिएल) लिग खेल बङ्गलादेश आएका थिए।