धनगढी– आइएमई ग्रुपकाअध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन नै सुदूरपश्चिम समृद्विको आधार भएको बताएका छन् । कैलालीउद्योग वाणिज्य संघले आयोजना गरेको सुदुरपश्चिम महोत्सवलाई सोमबार धनगढीमा सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त कुरा उल्लेख गरेका हुन् ।


ADVERTISEMENT


कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले स्थानीय स्तरमा आयोजना गर्ने यस्ता मेला महोत्सवले स्थानीय उत्पादनलाई चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सुदूरपश्चिमका विद्यमान सम्भावनालाई अधिकतम उपयोग गर्न नेपालको निजी क्षेत्र तीनै तहका सरकारसँग सहकार्य गर्न तयार रहेको कुरा दोहोर्याए ।


ADVERTISEMENT

# # #


सुदूरपश्चिम क्षेत्र दक्षिणी छिमेकी मुलुक भारतको सिमानासँग धेरै नजिक रहेकाले यहाँ उत्पादन हुने वस्तुहरुलाईअन्तर्राष्ट्रिय बजारसम्म निर्यात गर्न समेत तुलनात्मक सहज रहेको कुरा उल्लेख गरे ।

कार्यक्रमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेशमन्त्री लगातले मन्तव्य दिएका थिए ।