पोखरा । नेपाल पुलिस क्लव पोखरामा जारी मनकामना केबुलकार पोखरा कप फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।


ADVERTISEMENT


मंगलबार भएको तेस्रो क्वार्टरफाइनलमा पुलिस जापानको रिस्सो युनिभर्सिटीसंग १(० ले पराजित भएको हो ।


ADVERTISEMENT

# # #


पुलिसले गोल गर्ने थुप्रै अवसर खेर फालेसंगै अन्तिम आठबाटै बाहिरिनु परेको हो ।

रिस्सोले सेमिफाइनलमा बिहीबार सशस्त्र प्रहरीको एपिएफ टिमसंग खेल्नेछ ।

अन्तिम क्वार्टरफाइनलमा बुधबार ए डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले ब्रिगेड ब्वाइज क्लबसंग खेल्नेछ ।

विजेताले शुक्रबार सेमिफाइनलमा क्यामरुनको डाफिन्स फुटबल परिवारसंग खेल्नेछ ।

कास्की जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले सात लाख ५५ हजार तथा उपविजेताले तीन लाख ७५ हजार रुपैयाँ पुरस्कार पाउने छ ।