काठमाडौं । महात्मा गान्धीको पुत्लामा गोली हान्ने दुईजना पक्राउ परेका छन् ।


ADVERTISEMENT


भारतीय प्रहरीले महात्मा गान्धीको पुत्लामा गोली हानेको आरोपमा अखिल भारत हिन्दू महासभाकी राष्ट्रिय सचिव पूजा शकन पाण्डेय र उनका श्रीमान अशोक पाण्डेयलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।


ADVERTISEMENT

# # #


प्रहरीले उनीहरुलाई दिल्लीको नोएडा प्रवेश गर्दै गरेका बेला पक्राउ गरेको हो । उनीहरुलाई बुधबार अलीगढ लगिँदै छ ।

गएको जनवरी ३० मा पूजाले महात्मा गान्धीको पुत्लामा गोली प्रहार गरेकी थिइन् । यो घटनामा १२ जनाविरुद्ध अलीगढमा मुद्दा दायर भएको छ ।