ब्रम्हानन्द ठाकुर, सप्तरी – प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पत्रकारलाई सन्यासीसँग तुलना गर्दै पत्रकारको जीवन सन्यासी जस्तै रहेको बताएका छन् । सप्तरीको कञ्चनरुप नगरपालिका १२ को धारापानी स्थित रमणीय पर्यटकिय तथा पिकनिक स्पँटमा नेपाल पत्रकार महासँघ सप्तरी शाखाको बार्षिक साधारण सभालाई उद्धघाटन गर्दै उनले सो धारणा राखेका हुन् ।


ADVERTISEMENT


पत्रकार आफु सन्यासी जस्तै भएर देश र समाजको विषयमा बढी चिन्तित हुने गरेको उनको भनाई थियो । पत्रकार सन्यासी जस्तै आफु आर्थिक रुपमा कमजोर भएपनि सरकार तथा नेतृत्व वर्गलाई समय समयमा सही मार्गदर्शन गराएर महत्वपूर्ण भुमिका निर्वाह गर्दै आईरहेको धारणा राखे । साथै उनले पत्रकारहरुलाई व्यवसायिक पत्रकारिता गरे पत्रकारिताको गुणवत्ता समाप्त भएर जाने विचार प्रस्तुत गरे ।


ADVERTISEMENT

# # #


त्यस्तै, कार्यक्रममा बोल्दै पत्रकार बैधनाथ यादवले सरकारद्धारा प्रेस स्वतन्त्रतालाई समाप्त पार्ने षडयन्त्र भईरहेको गुनासो गरे । साथै यादवले प्रदेश नं. २ मा भ्रष्टाचार चरम सीमामा पुगेको भन्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका थिए । यस्तै, पत्रकार श्याम सुन्दर यादवले सप्त क्रिषिको बास स्थान भएकोले सप्तरी यस जिल्लाको नाम रहेको र सप्तरी भित्र अनेकौै पर्यटकीय स्थलहरु रहेको बिषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा १ दर्जन भन्दा बढी वक्ताहरुले शुभकामना मनतव्य राखेका थिए । पिकनिक स्थलमा खुला आकाश मुनि नौलो तरीकाले नेपाल पत्रकार महासँघ सप्तरी शाखाले बार्षिक साधारण सभा मनाईरहँदा ठुलो वर्षा तथा हवाहुरीले कार्यक्रम केहीबेर प्रभावित भएको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष, विभिन्न सँघ सँगठनका पत्रकार, पुर्व मन्त्री हेमराज तातैर, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखको समेत सहभागीता रहेको थियो ।