काठमाडौँ– प्रभु बैंक लिमिटेडलेले डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं. ४ मा आजदेखि बैंकको नवदुर्गा शाखा कार्यालय सञ्चालनमा आएको छ । नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले एक समारोहकाबीच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT


शाखा कार्यालय उद्घाटन कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ डडेलधुराका पदाधिकारीहरु, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष बिष्टले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गरे । उनले नवदुर्गा शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध भएको बताए


ADVERTISEMENT

# # #


आजदेखि सञ्चालनमा आएको बैंकको नवदुर्गा शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।