काठमाडौं – विराटनगर किंग्सले धनगढी प्रिमियर लिग (डीपीएल)मा मंगलबार रुपन्देही च्यालेन्जर्सलाई ९४ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको विराटनगर किंग्सले ९३ रन बनाएको हो ।


ADVERTISEMENT


धनगढीस्थित प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगरका कप्तान करण केसीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । तर उनको निर्णय सही सावित हुन सकेन । तेस्रो ओभरमै विराटनगरले १३ रन जोड्दा २ विकेट गुमायो ।


ADVERTISEMENT

# # #


पूर्वेली टोली विराटनगरका लागि राजेश पुलामी मगरले सबैभन्दा धेरै अविजित १७ रन बनाए । त्यसबाहेक असदुल्लाह खानले १६ रन बनाए भने कुशल भुर्तेलले १२ तथा समसाद शेखले १० रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
रुपन्देहीका पुनित मेहराले ३ विकेट लिँदा बसन्त रेग्मी र ललितसिंह भन्डारीले समान २–२ विकेट लिए । विक्रम सोब र कृष्ण कार्कीको नाममा १–१ विकेट रह्यो ।

रुपन्देहीले सोमबार महेन्द्रनगर युनाइटेडलाई २ रनले पराजित गरेको थियो । प्रतियोगितामा विराटनगरको यो पहिलो खेल हो ।