काठमाडौँ– शालिनमान बानियाँ अभिनित फिल्म  ‘यात्रा : अ म्युजिकल भ्लग’को पहिलो गीत सार्वजनिक भएको छ । सिनेमाको ‘पाँच पन्छी…’ बोलको गीत सार्वजनिक भएको हो।


ADVERTISEMENT


गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत रहेको छ। गीतमा मेलिना राई, धर्मेन्द सेवान, प्रेक्षा बज्राचार्य, उपकार पाण्डेको स्वर सुन्न सकिन्छ । प्रविण सिंह गीतका कोरियोग्राफर हुन्।


ADVERTISEMENT

# # #


फिल्ममा सलोन बस्नेत, जय नन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई लगायतको अभिनय रहेको छ ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता केशव भट्टराई र चिज कुमार श्रेष्ठ हुन् ।