दोलखा । दोलखामा ८० प्रतिशत निजी आवासको पुनर्निर्माण भएको छ । भूकम्पले भत्केका घरहरुको निजी आवासतर्फ तीन वर्षमा ८० प्रतिशत प्रगति भएको र बाँकी २० प्रतिशत पनि छिटै सम्पन्न हुने बताइएको छ ।


ADVERTISEMENT


राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ दोलखाका अनुसार माघ तेस्रो सातासम्म ४५ हजार २६७ निजी आवास निर्माण पूरा गरी तेस्रो किस्ता अनुदानसमेत लिइसकेका छन् । जग हालेर ५२ हजार ७७२ जनाले दोस्रो किस्ता लिएका छन् ।


ADVERTISEMENT

# # #


जिल्ला कार्यान्वयन एकाइ दोलखाका अनुसार ६४ हजार ५९१ जनाले पहिलो किस्ता लिएका छन् । त्यसैगरी भूकम्प प्रतिरोधी घर बनाउन पहिलो किस्ता प्राप्त गर्ने ९०, दोस्रो किस्ता प्राप्त गर्ने ६९ र तेस्रो किस्ता प्राप्त गर्ने ६८ प्रतिशत रहेका छन् ।

दोलखामा जम्मा लाभग्राही सङ्ख्या ७१ हजार ८४६ जनामध्ये सर्वेक्षणबाट पहिचान भएका लाभग्राही ५१ हजार ९४० जना छन् । गुनासोपछि थप भएका लाभग्राही १७ हजार ६६८ र प्रबलीकरणमा परेका लाभग्राही दुई हजार २३८ रहेका छन् ।

ढुङ्गा माटोको कच्ची भत्केको घरलाई समेत प्रबलीकरणमा राखेपछि केही लाभग्राहीले पुनः गुनासो गरेका छन् । निर्माण भएका निजी आवासमध्ये दुई हजार ६१ जनाको गैससहरुको सहयोगमा निर्माण भएको पुनःनिर्माण प्राधिकरणले जनाएको छ । अनुदान सम्झौता गरेपनि नौ जनाले भने अनुदान फिर्ता गरेका छन् । रासस