काठमाडौँ– कामना सेवा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा प्रविण बस्नेत चुनिएका छन् । बैँकको २६५ औं सञ्चालक समितिको बंैठकको निर्णय अनुसार बुधबारदेखि नैलागु हुने गरी बैंककोे सइओमा चार्टर्ड एकाउन्टेन्ट बस्नेतलाई नियुक्त गरिएको हो ।


ADVERTISEMENT


विगत १८ वर्ष कार्यनुभव मध्ये १३ वर्ष विभिन्न वाणिज्य बैंकहरूको महत्वपूर्ण जिम्मेवारी सम्हालेको अनुभव सहित २०७५ साल भदौ १ गते देखि उनीकामना सेवा विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा प्रवेश गरेका थिए ।


ADVERTISEMENT

# # #


२०७५ साल मंसिर ८ गते देखि कामु प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकलाई नेतृत्व दिँदै आएका बस्नेत यस अघि नविल बैंक, एनबी बैंक, एन आई सी एशिया बैंक र माछापुच्छेक बैंकमा आबद्ध रहेका थिए । बस्नेत बैंकिङ क्षेत्रमा नियन्त्रण सहितको व्यापार तीव्र अभिवृद्घि र उत्कृष्ट ग्राहक सेवाको सन्तुलन गर्दै नँया उचाईमा पु¥याउनु पर्छ भन्ने मान्यता राख्छन्

बैँकले देशभर ६४ वटा शाखा तथा १७ वटा एटीएममार्फत बैँकिङ सेवा प्रदान गर्दै आएको छ ।