काठमाडौँ– नेपाली युवा स्टार सन्दीप लामिछाने आवद्ध टिम मेलबर्न स्टार्स अष्ट्रेलियाको प्रतिष्ठित बिगबास लिग (बीबीएल)को फाइनल प्रवेश गरेको छ । बिहीबार घरेलु टिम होबार्ट हुरिकेन्सलाई ६ विकेटले पराजित गर्दै मेलबर्न फाइनल पुगेको हो ।


ADVERTISEMENT


टस हारेर व्याटिङको निम्तो पाएको होबार्ट हुरिकेन्सले निर्धारीत २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ५३ रन बनायो । १५४ रन पच्छ्याउने क्रममा मेलबर्नले १८.५ ओभरमा ४ विकेटको क्षतीमा १५७ रन बनाउँदै विजय हासिल गर्यो ।


ADVERTISEMENT

# # #


मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले सर्वाधिक ४३ रन बनाए । अविजित रहेका उनले ३३ बलमा ४ चौका हाने । मेलबर्नलाई जित दिलाउने क्रममा सेवास्टेन गोचले म्याक्सवेलसंग ८.१ ओभरमा ७२ रनको साझेदारी गरे । उनले व्यक्तिगत २२ बलमा ३३ रन बनाए । जस क्रममा ४ चौका र एक छक्का प्रहार गरे ।

होबार्ट हुरिकेन्सका लागि क्वीस अकमेदले तीन विकेट लिए भने जोफ्रा आर्चरका नाममा १ विकेट रह्यो ।

यसअघि होबार्ट हुरिकेन्स डासी सर्टले ३५ रन, बेन एसीडीमर्टले ५३ र जर्ज बेलीले ३७ रनको योगदान गरे । मेलबर्नका लागि डेनाइल ओरालले चार विकेट चट्काए । उनले चार ओभरमा २३ रन खर्चिए । यस्तै एदाम ज्याम्पा र डीजे ब्राभोले पनि समान ११ विकेट लिए ।

नेपालका युवा लेग स्पीनर सन्दीप लामिछानेले भने विकेट लिन सकेनन् । ४ ओभरमा सन्दीपले ३१ रन खर्चेका थिए । मेलबर्नले उपाधिका लागि शुक्रबार हुने मेलबर्न रेनेगेट्स र सिड्नी सिक्सरबीचको विजेतासंग आइतबार भिड्नेछ ।