काठमाडौं – शुक्रबार हिरो गोल्डकपको उपाधिका लागि नेपालको महिला राष्ट्रिय टोलीले र म्यानमारले प्रतिष्पर्दा गर्दैछ। भारतको भुवनेश्वरमा नेपाली समय अनुसार ६:१५ मा दुबै टोलीले उपाधिका लागि प्रतिष्पर्दा गर्नेछन्।


ADVERTISEMENT


समूह उपविजेताको रुपमा फाइनल पुगेको नेपाल पहिलो खेलमा म्यानमारसँग ३-० को फराकिलो अन्तरले पराजित भएको थियो। त्यसैले पनि आज नेपालका लागि उपाधिमाथि कब्जा जमाउन सहज हुनेछैन्।


ADVERTISEMENT

# # #


म्यानमार समूह चरणका तीन खेलमा जितेर समूह विजेताको रुपमा फाइनल पुगेको हो। पहिलो खेलमा नेपाललाई ३-० ले पराजित गरेको म्यानमारले अन्तिम दुई खेलमा इरान र भारतलाई २-० को समान गोल अन्तरले हराएको थियो ।

यसअघि ओलम्पिक छनोटमा पनि नेपालले म्यानमारसँग खेलेको थियो जसको नतिजा बराबरीमा टुङ्गिएको थियो। यस प्रतियोगितामा नेपाल सबैभन्दा कम वरीयता भएको टोली हो भने म्यानमार शीर्ष टोली हो । साफ च्याम्पियनसिपको तयारीको रुपमा यस प्रतियोगितालाई लिइएको छ।

यस प्रतियोगितामा नेपालले दोस्रो खेलमा भारतलाई २-१ ले र इरानलाई ३-० ले पराजित गरेको थियो ।