काठमाडौं – विवेकशील नेपाली दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकमाथि महाभियोग लगाउन माग गरेको छ । पार्टीका प्रवक्ता मिलन पाण्डेले जारी गरेको विज्ञप्तिमा यस्तो माग गरिएको छ । प्रधानमन्त्रीलाई समेत यसअघि नै उक्त विषयमा जानकारी भए पनि गम्भीर बन्न नसक्नु दुखद भएको विवेकशील नेपालीको ठहर रहेको छ ।


ADVERTISEMENT


यस्तो छ विवेकशील नेपालीले जारी गरेको विज्ञप्ति


ADVERTISEMENT

# # #


आयुक्त पाठकलाई तत्काल महाभियोग लगाऊ र आवश्यक छानविन गरी दण्डित गर !

२०७३ भाद्र महिनामा विवेकशील नेपालीले अख़्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र आयुक्त राजनारायण पाठकमाथि महाभियोगको माग गरेको थियो । डा। गोविन्द केसीले शुरु गरेको सत्याग्रहको समर्थनमा हामीले शसक्त अभियान चलाउदाँ लोकमान सिंह कार्कीको पद त खोसियो तर राजनारायण पाठकमाथी भने कुनै कारवाही भएन। आखिर विवेकशील नेपाली ले किन यी दुईमाथि महाभियोगको माग गरेको रु

अहिले आएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले घुस लिएको विषयमा निजमाथि अलिलम्ब संसदले महाभियोग लगाउने प्रक्रिया अगाडि बढाओस् र उक्त प्रक्रियाको समापनपछि निजलाई कानून बमोजिम कारवाही होस् । साथै, उक्त घटनाको बारेमा चार महिनादेखि जानकार प्रधानमन्त्रीले हालसम्म त्यसका बारेमा केही नगर्नु तथा आयुक्त पाठकले प्रधानमन्त्रीलाई पनि यस्ता विषयमा संलग्न भनी आरोपित गरेकोले प्रधानमन्त्रीको समेत संलग्नता रहेको हो कि भन्ने जनमानसमा आशंका रहेकोले त्यसको बारेमा प्रधानमन्त्री कार्यालयले एक श्वेत पत्र जारी गर्न पनि विवेकशील नेपाली आग्रह गर्दछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले आफैँले घुस मागेको र लिएको प्रमाणहरु बाहिर सञ्चार माध्यमहरु आइरहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तजस्तो जिम्मेवार पदमा रहेर पनि यस्तो अनैतिक तथा गैर कानूनी काम गर्नु सामान्य घटना होइन र त्यसलाई सामान्य घटना बनाइनु हुँदैन ।

तसर्थ, विवेकशील नेपाली दल अविलम्ब पाठकलाई महाअभियोग लगाउन संसदलाई आग्रह गर्दछ । महाअभियोगसँगै पाठकको बारेमा थप छानविन सहित कानून बमोजिम सजाय पाउने व्यवस्था मिलाउन समेत आग्रह गर्दछौं ।

अहिलेसम्मको अभ्यासलाई हेर्ने हो भने, यस्ता घटनाहरुमा आरोपितलाई राजीनामा दिन लगाएर विषयलाई त्यतिकै सेलाउन दिने गरिँदै आएको छ । जबसम्म यस्ता अभ्यास बसिरहन्छन् तबसम्म सुशासन स्थापित हुन सक्दैन, राजनैतिक सुसंस्कारको थालनी हुन सक्दैन । विगत लामो समयदेखि सुसंस्कृत राजनीतिको अभ्यास गर्दै आएको र भ्रष्ट्राचार विरुद्धको अभियानलाई आफ्नो प्रमुख राजनैतिक मुद्दा बनाउदै आएको दल हुनुको नाताले विवेकशील नेपाली यसखाले दण्डहीनताको संस्कृतिको खिलाफमा छ

प्रधानमंत्री स्वयं नै पाठक घुस प्रकरणका सम्बन्धमा चार महिना अघिदेखि सूचित रहेको भन्ने जानकारीले यस घटनालाई थप गम्भीर बनाएको छ ि‘म भ्रष्ट्राचारीको अनुहार नै हेर्दिनँु भनेर सार्वजनिक अभिव्यक्ति दिने प्रधानमन्त्री स्वयं नै भलिभाँती जानकार रहेको विषय चार महिनादेखि किन गुपचुप राखियो रु यसै बीच यो घटनालाई बीचैमा तुहाउन के कस्ता तानाबाना बुनिए रु यो चारमहिनाभित्र पाठकले पदीय आडमा गरेको भ्रष्टाचारको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने कि नपर्ने रु आज प्रधानमन्त्रीबाट यी प्रश्नहरुको चित्तबुझ्दो जवाफ खोज्नु हरेक नेपाली नागरिकको कर्तव्य हो ।

निज पाठकको आचरणको सम्बन्धमा पहिलादेखि नै विभिन्न कोणबाट सूचना तथा जानकारीहरू सार्वजनिक भएको सन्दर्भमा निजमाथि छानविन होस् भनी तत्कालीन विवेकशील नेपाली दलको तर्फबाट २०७३ सालमै माग गरिएको व्यहोरा पनि स्मरण गर्नरगराउन चाहन्छौं ।

धन्यवाद ।

मिलन पाण्डे
प्रवक्ता
विवेकशील नेपाली