भक्तपुर – गतवर्ष सम्पन्न आम निर्वाचनमा सत्तारुढ दल नेकपाको चुनावी घोषणापत्रको एक मुख्य नारा थियो ‘गाउँ गाउँमा सिंहदरबार’ । भक्तपुर सुर्यविनायक नगरपालिका वडा न ७ कार्यालय वरपरको आजको दृश्य हेर्दा त्यती बेलाको घोषणा पत्रको सोही नारा अनुरुप जनताको मन जित्न भक्तपुरका जनप्रतिनिधीहरु सक्रियतापूर्वक लागिरहेका थिए ।


ADVERTISEMENT


जिल्ला सदरमुकामका सम्पूर्ण सरकारी निकायका सेवाप्रदायक कार्यलयहरु कर्मचारी, फाईल, काजजात सहित देखिन्थे भने अस्पातल र अन्य स्वास्थ्य संस्थाहरु उपकरण र स्वास्थ्यकर्मी सहित देखिन्थे । सयौँ नागरिकहरु आफ्नै गाउँटोलमा आईपुगेको यो शिविरबाट लाभ लिन तत्लीन देखिन्थे ।


ADVERTISEMENT

# # #


सेना, प्रहरी लगायत अन्य सरकारी निकायहरु भिभिन्न स्टलमार्फत जनचेतना मुलक शत्रहरु सन्चालनमा व्यस्त देखिन्थे । रक्तदान ,स्वास्थ्य शिविर लगाएतका स्टलहरुमा गाउँलेहरुको उल्लेखिय भीड देखिन्थ्यो । आफुलाई आवश्यक सम्पूर्ण सेवाहरु लिइसकेपछी घर फर्किने बेला गाउँलेहरुको ‘रिफ्रेसमेण्ट’का लागि चियापान, सांस्कृतिक तथा मनोरन्जनात्मक गतिसवधिहरु सँगैको मैदानमा आयोजना गरिएको थियो ।  सिंगो गाउँ, टोलभरी स्थानियहरुको बाक्लो चहलपहल देखिन्थ्यो ।

यो दृश्य शुक्रबार भक्तपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र न २ स्थित सुर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुको हो। पूर्वउद्योग मन्त्री तथा भक्तपुर प्रतिनिधिसभा सदस्य महेश बस्नेतको पहलकदमी र नेपाली सेनाको वीरदल गणको व्यवस्थापनमा आजदेखि शुरु भएको ‘एकिक्रित घुम्ती सेवा’मा हजारौँ जनताको स्वतः स्फुर्त सहभागीता रहेको आयोजकको दाबी छ। सरकारको लक्ष्य अनुरुप जनतालाई सहज सेवा प्रदान गर्नु र सुशासनको प्रत्याभुती दिलाउनु यस अभियानको मुख्य उद्देश्य रहेको सांसद महेश बस्नेतले बताए ।

राज्यका तीनै तहका प्रतिनिधिहरुको सहभागीता रहने उक्त अभियानको प्रसाशनिक सेवाको नेतृत्व प्रमुख जिल्ला अधिकारीले नै गर्ने र हरेक महिनाको पहिलो शुक्रबार फरक फरक वडामा यो कार्यक्रम संचालन हुने जानकारी बस्नेतले दिए। जनता र जनप्रतिनिधिहरुकै बीचमा पारदर्शी हिसाबले सेवा प्रदान गर्ने उपयुक्त वातावरण निर्माणको कारण जनताले भोग्नु परिरहेको प्रसाशनिक झमेला, ढिला सुस्ती र भ्रष्टाचार अन्त्य गर्न यो अभियान प्रभावकारी रहने दाबी समेत सांसद बस्नेतले गरे।

‘घरको सानो सिफारिस र अंश बंडाको लफडा थियो, काम अल्झिराको थियो, आज गाउँटोलमै सिडियोसाप, हाकिमसापहरु आफै आएर हाँसी हाँसी काम गर्दिनुभो, सारो खुशी लाग्यो ,अचम्मै भो’ शिविरमा सहभागी ६० वर्षीय एक महिलाले भनिन् ।

गाउँकै एक व्यक्तिलाई नागरिकता हस्तान्तरण तथा स्वास्थ्य परिक्षण गराउँदै शिविरको उद्घाटन सांसद महेश बस्नेतले गरेका थिए ।