काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवसले हामी सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।


ADVERTISEMENT


राष्ट्रिय प्रजातन्त्र दिवस, २०७५ का अवसरमा आज दिएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले नेपालको संविधानका सबै प्रावधानहरू लागू हुँदै गएको र ‘समृद्ध नेपाल सुखी नेपाली’ नेपाली जनताको चाहना भएको उल्लेख गर्दै सम्पूर्ण नेपालीको यो राष्ट्रिय आकांक्षा पूरा गर्न फागुन ७ ले सबैमा ऊर्जा दिने विश्वास व्यक्त गरेकी छन् ।


ADVERTISEMENT

# # #


‘आज ६९ औँ प्रजातन्त्र दिवस मनाइरहँदा प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात-अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै यस दिवसले प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अगाडि बढ्ने प्रेरणा हामी सबै नेपालीमा दिन सकोस्’, सन्देशमा भनिएको छ ।