काठमाडौँ– सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् ।


ADVERTISEMENT


संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि जोशीको नाम अनुमोदन नगरेपछि न्याय सम्पादन गर्ने वा नगर्ने विवादका बीच उनले सर्वोच्च अदालतमा काम गरिरहेका थिए ।


ADVERTISEMENT

# # #


प्रधानन्यायाधीशमा जबरा नियुक्त भएसँगै उनलाई न्याय सम्पादनको जिम्मेवारीबाट मुक्त गरिएको थियो । जोशी बिदामा बसेका थिए। उनको कार्यकाल आगामी जेठसम्म थियो ।