काठमाडौँ– सन् २०१९ को इण्डियन प्रिमियर लिग (आइपीएल) आगामी मार्च २३ देखि सुरु हुने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आइपीएलका सुरुवाती १७ वटा खेलको तालिका सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


बीसीसीआइका अनुसार १७ खेलमा आठवटा भेन्यु हुनेछन् । जसमा तीन वटा दिल्लीमा रहने छन् । नेपाली युवा स्टार सन्दीप लामिछाने पनि दिल्ली क्यापिटलमा आवद्ध भएकाले उनले तीन खेल दिल्लीमै खेल्न पाउनेछन् ।


ADVERTISEMENT

# # #


आइपीएलको पहिलो खेल महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग र विराट कोहलीका कप्तानीमा रहेको रोयल च्यालेन्जर बैंग्लोरबीच हुनेछ । उक्त खेल चेन्नईमा हुनेछ । प्रतियोगितामा प्रत्येक टिमले दुई खेल घरेलू मैदानमा र दुई खेल बाहिर खेल्नेछन् ।

यस्तो छ २३ मार्चदेखि ५ अप्रिलसम्म हुने १७ खेलको तालिका :