काठमाडौँ– धनगढीमा जारी तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको क्वालिफायर्सको पहिलो खेलमा अत्तरियाले काठमाडौँलाई १११ रनको चुनौति दिएको छ ।


ADVERTISEMENT


फाप्ला मैदानमा टस जितेर ब्यटिङ थालेको अत्तरियाले निर्धारित २० ओभरमा ११० रन बनाएको छ । उसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रन बनाए । उनले ३४ बलमा ५ चौका प्रहार गरे । यस्तै सन्नी पटलले २४ बलमा २८ रन बामए । त्यस क्रममा उनले १ चौका र २ छक्का प्रहार गरे । सुवेन्दु पोण्डे १६ र जय किसन कोल्सावाला १३ रनमा आउट भए ।


ADVERTISEMENT

# # #


यता काठमाडौँका लागि अंकित अब्दास र सूर्य तामाङले समान २/२ विकेट लिए भने रासिद खान र योगेन्द्र सिंह कार्कीले समान १/१ विकेट हात परे । समूह चरणको शीर्ष स्थानमा रहेको अत्तरिया पहिलो पटक डीपीएलको फाइनल प्रवेश गर्ने रणनीतिमा रहेको छ भने गत वर्ष फाइनल पुगेको काठमाडौँ आफ्नो यात्रालाई निरन्तरता दिन चाहन्छ ।

समूहचरणको अन्तिम खेलमा हिजो अत्तरियासंग काठमाडौँ ७ विकेटले पराजित भएको थियो । काठमाडौँलाई आज बदला लिने अवसर रहेको छ ।

लिगको शीर्ष स्थानमा रहेको अत्तरियाले पाँच खेलमध्ये चार खेलमा जित र एक खेलमा हार ब्यहोर्दै आठ अंक बनाएर पहिलो क्वालिफायरमा प्रवेश गरेको थियो । त्यस्तै, पाँच खेलमध्ये तीन खेलमा जित, एक खेलमा हार र एक खेल वर्षाको कारण रद्द भएपछि सात अंक बनाएको काठमाडौं पनि लिगको दोस्रो हुदै क्वालिफायरमा प्रवेश गरेको थियो ।