काठमाडौँ– नेविसंघको १२औँ महाधिवेशन आइरहँदा अबको नेतृत्व कसले लिन्छ भन्ने चर्चा चुलिन थालेको छ । यसैबीच बचन कार्की पनि पनि नेतृत्वका आकांक्षा देखिएका छन् ।


ADVERTISEMENT


यसअघिको महाधिवेशनमा पनि अध्यक्ष पदका लागि उम्मेदवारी दिइसकेका कार्कीले यसपटक पनि आफूलाई नेतृत्वका लागि तयार गरिरहेका छन् । चितवनको विरेन्द्र बहुमुखी क्याम्पसका नेविसंघ इकाई अध्यक्ष समेत भइसकेका उनी ३२ वर्षे उमेरहदको विधान अनुसार आफू नेतृत्वका लागि योग्य भएको दाबी गर्छन् ।


ADVERTISEMENT

# # #


विद्यालयस्तरबाटै नेविसंघको राजनीति थालेका कार्की नेतृत्वमा आएर संगठनलाई उचाई दिने बताउँछन् । २९ वर्षीय उनी भरतपुर चितवनका हुन् ।