काठमाडौँ– नेकपाको सचिवालय बैठक बालुवाटारमा सम्पन्न भएको छ । बैठकमा एकीकरण प्रक्रियामा कार्यदल सदस्यहरुले सुझाव राखेका छन्।


ADVERTISEMENT


तल्ला कमिटी एकता गर्न गठित ९ सदस्यीय कार्यदलले अन्तिम प्रतिवेदन तयार गर्न एक साताको समय मागेको छ । विभिन्न कारणले काम गर्न नसकिएको भन्दै कार्यदलले सचिवालयसँग एक साताको समय मागेको हो । तैपनि कार्यदलको म्याद थप गर्ने नगर्नेबारे विवाद भएको छ ।


ADVERTISEMENT

# # #


कार्यदल सदस्यहरुले सुझाव राखेर बाहिरिएपछि सचिवालय बैठक केहिबेर चलेको थियो । आजकै छलफल जारी राख्नेगरी भोलि ९ बजेसम्मका लागि बैठक स्थगित गरिएको प्रवक्ता नरायणकाजी श्रेष्ठले बताए ।

पार्टी एकताको प्रस्ताव तयार पार्न गठित कार्यदलले सहमति जुटाउन नसकेपछि नेकपाको सचिवालयले आफैँ छलफल थालेको हो ।