धनगढी – क्वालिफायर्समा स्थान बनाउने लक्ष्यसहित रुपन्देही च्यालेन्जर्स धनगढी प्रिमिएर लिग क्रिकेटको एलिमिनेटरमा आज महेन्द्रनगर युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ ।


ADVERTISEMENT


विराटनगर किङ्स पराजित भएपछि लिगको चौथो स्थानमा रहँदै एलिमिनेटर खेल्न लागेको महेन्द्रनगर रुपन्देहीको सामना गर्न लागेको हो । रुपन्देही भने तेस्रो स्थानमा रहेको टोली हो । फाप्ला क्रिकेट मैदानमा खेल मध्यान्ह साढे १२ बजे सुरु हुनेछ ।


ADVERTISEMENT

# # #


आजको विजेताले क्वालिफायर्समा काठमाडौं गोल्डेनसँग खेल्नेछ । बुधबार भएको पहिलो क्वालिफायर्समा काठमाडौं सिवाइसी अत्तरियासँग ४१ रनले पराजित भएको थियो । लिग चरणमा वसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देहीले शरद भेषवाकरको टोलीमाथि २ रनको रोमान्चक जित निकालेको थियो ।