काठमाडौँ – नेपाल र भारतको पर्यटन क्षेत्रमा सक्रिय महिला उद्यमीहरुलाई सम्मानित गरिने भएको छ । ‘टुरिज्म आन्टरपेर्नर ईन्टरनेसनल वुमेन अवार्ड २०१९ : भ्वाइस एण्ड भिजन’ नाम दिइएको उक्त पुरस्कार नेपालका तीन र भारतका तीन जना पर्यटन विधाका उद्यमी महिलालाई प्रदान गरिनेछ ।


ADVERTISEMENT


नेपाल-भारतबीचको मित्रता र नारीको सम्मानस्वरुप पलेटिज् होलिडे र एनआइसी एशिया बैँकको सहकार्य तथा नेपाल पर्यटन बोर्डको सहयोगमा उक्त अवार्ड हुन लागेको हो । यस्तो पर्यटन कार्यक्रम नेपालको इतिहासमै पहिलो पटक हुन लागेको पलेटिज् होलिडेका अध्यक्ष किशोर घिमिरेले बताएका छन् । उनले नेपाल सरकारले लिएको ‘भिजिट नेपाल २०२०’ को लक्ष्यलाई यो कार्यक्रमले थप सहयोग पुर्याउने उल्लेख गरे ।


ADVERTISEMENT

# # #


नेपालबाट अम्बिका श्रेष्ठ, रोजिता बुद्धाचार्य र सुनैना राउत पुरस्कृत हुनेछन् । यस्तै भारतबाट सुचिता नग्पाल, मेघा शर्मा, सुकन्या एएमले उक्त अवार्ड पाउने बताइएको छ ।

नेपाल-भारत सम्बन्धलाई अझ प्रगाढ बनाउनमा यस कार्यक्रमले भूमिका खेल्ने आयोजकको विश्वास छ । नेपाल र भारतका यी ६ महिला पर्यटन उद्यमीको संघर्षको कथाले अन्य थुप्रै महिलाहरुलाई प्रेरणा प्रदान गर्ने आयोजकको भनाई छ ।

पुरस्कृत हुने महिलाहरुले आफ्ना संघर्षका कथाहरु समेत सुनाउनेछन् । नेपालको साँस्कृतिक महत्व झल्काउने संगीत समेत प्रस्तुत हुने बताईएको छ ।

कार्यक्रम आगामी मार्च ६ तारिक मा अपरान्ह ४ बजे राजधानीको अन्नपूर्ण होटलमा हुने छ ।