काठमाडौं । भारतीय अटोमोबाइल्स कम्पनी महिन्द्राले शुक्रबारबाट भृकुटीमण्डपमा एकल अटो प्रदर्शनी ‘महिन्द्रा उदय’को सुरुआत गरेको छ ।


ADVERTISEMENT


नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष भवानी राणाले कार्यक्रम उद्घाटन गरिन । कम्पनीले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको बिभिन्न ३० बढी मोडलका उत्पादनलाई प्रदर्शनीमा राखेको छ ।


ADVERTISEMENT

# # #


महेन्द्राले ६ नयाँ गाडी पनि नेपाली बजारमा ल्यएको छ ।कम्पनीका अनुसार महिन्द्राका एसयुभी एक्सयुभी ३००, मराजो गाडी, ट्रयाक्टर जीभो २४५, यूभो ४१५ र हेवी कमर्शियल भेइकलहरु फ्यूरीयो तथा ब्लेजो २५ ट्रक साथै नयाँ ग्रेडर जी ७५ सार्वजनिक गरिएको हो।

महिन्द्राका उत्पादन नेपालीमा २७ वर्ष अगाडि देखि बिक्री वितरण हुँदै आईरहेका छन् । महिन्द्राका लागि नेपालको आधिकारिक वितरक अग्नी इन्कर्पोरेट, एमभी दुगड, श्वराज पार्टनर र महिन्द्रा एन्ड महिन्द्राले संयुक्त रुपमा उक्त प्रदर्शन कार्यक्रमको आयोजना गरेको हो ।

आफ्ना सबै उत्पादन मेलामा राखेको कम्पनीले जनाएको छ । प्रदर्शनीमा अटो शोका साथै विभिन्न कलाकारको लाइभ प्रस्तुती र बिभिन्न स्वादका खानाका परिकार समेत राखिएको छ।

फोटो फिचर :