पोखरा– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘पार्टी कमजोर बन्दै गएकामा’ समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन् ।


ADVERTISEMENT


पोखरा लेखनाथ महानगरपालिकामा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई आज यहाँ सम्मान गर्दै उनले स्थानीय तहको निर्वाचनमा आएको नतिजामा पार्टी कमजोर देखिएको बताए ।


ADVERTISEMENT

# # #


पार्टीभित्र अन्तरघात मात्र नभएर खुला घात गर्ने प्रवृत्ति बढ्नु तथा पार्टीका नेता कार्यकर्ताबीच नै प्रतिशोधको भावना बढ्दा त्यसले पार्टी सङ्गठनलाई दिनानुदिन कमजोर बनाउँदै जानु चिन्ताको विषय बनेको उनले बताए ।

नेता पौडेलले काँग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई जनताका भावनालाई आत्मसात् गरी पक्षपातरहित रुपमा समस्याको समाधान गर्न र सामाजिक विकासमा क्रियाशील बन्न आग्रह गरे ।