झापा । स्वास्थ्यको क्षेत्रमा उल्लेख्य योगदान पूर्याएको भन्दै बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि बिर्तामोडका कार्यकारी निर्देशक दुर्गा प्रसाईलाई सम्मान सहित अभिनन्दन गरिएको छ ।


ADVERTISEMENT


शनिबार १३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पार्दै झापाको कञ्चनगढ एजुकेशन फाउण्डेसनले प्रसाईलाई सम्मान गरेको हो ।


ADVERTISEMENT

# # #


अस्पतालका कार्यकारी निर्देशक प्रसाईलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा संसद राजेन्द्र लिङ्देनले कदरपत्र सहित सम्मान गरेका हुन् । सम्मान पछि अस्पतालले पूर्याएको योगदानको कदर गर्दै विद्यालयका सबै विद्यार्थीले अभिनन्दन गरेका थिए ।

झापामै दक्ष चिकित्सक सहित सुविधासम्पन्न अस्पताल सञ्चालन गरी एसियाकै उपचार सेवा बिर्तामोडबाट दिएर नागरिकलाई गुन लगाएकाले निर्देशक प्रसाईलाई सम्मान सहित विद्यार्थीबाट अभिनन्दन गरिएको कञ्चनगढ एजुकेशन फाउण्डेसनका प्रमुख जीवन पनेरुले बताए ।

‘आज झापाको बिर्तामोडमानै सबै सुविधा सहितको अस्पताल छ रनै बालबालिका देखि बृद्धबृद्धाले समयमा उपचार पाएर जिवन पाएका छन्, नत्र अन्य देशमा उपचार गर्न जानुपर्ने नेपालीको बाध्यता थियो, यस्तो अवसर दिनेलाई हामिले सम्झनै पर्ने भएर आज अभिनन्दन सहित सम्मान गरेका हौँ ।’ पनेरुले भने ।

कार्यकारी निर्देशक प्रसाईले शिक्षा र स्वास्थ्य एक अर्काका परिपुरक भएकाले स्वास्थ्य राम्रो भए मात्र शिक्षा हुने भएकाले यसको सुरुवात आफुले देशको दूरदराजमा मेची अञ्चलको बिर्तामोडमा सुविधा सम्पन्न अस्पताल खोलेर गरेको र अब केहि समयमानै शिक्षण क्याम्पस समेत सुरु हुने बताए ।

‘अब बीएण्डसीले कलेज चलाउँछ, यहाँ कलेज सुरु भएपछि यो क्षेत्रका विद्यार्थीले नर्सिङ्ग पढ्नकै लागि ठूलो लगानीमा बिदेशिनु पर्नेछैन, यसको अवसर हामिलेनै दिनेछौँ ।’ निर्देशक प्रसाईले भने ।

उनले देशमा सबैभन्दा सस्तोमा उपचार गर्ने अस्पतालका रुपमा बीएण्डसीलाई चिनाउने दाबी गरे ।

‘अब ताप्लेजुङको ओलाङ्चुङगोला देखि बिर्तामोड सम्मका युवा युवतीले सस्तोमा शिक्षा लिन्छन्, हामी नै बीएण्डसीबाट योग्य र क्षमतावान डाक्टर देशका लागि उत्पादन गर्छौं, सबैले आफ्नै सम्झेर सहयोग गर्नुहोस् म सेवा गर्न तयार छु ।’ उनले भने ।