काठमाडौं । बहुसांस्कृतिक मुलुक नेपालको संस्कृतिलाई सम्बद्र्धन गर्ने उद्देश्यका साथ घट्टेकुलो डिल्लीबजारस्थित एसएबी पब्लिक स्कुलले एसएबी सांस्कृतिक विविधता दिवस सम्पन्न गरेको छ । मिस नेपाल २०१८ श्रृङ्खला खतिवडाको प्रमुख आतिथ्यता तथा हिडेन ट्रेजरका अध्यक्ष गोपाल कक्षपतीको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएको छ ।


ADVERTISEMENT


युवा पुस्ताको आकर्षण नेपाली संस्कृतिमा कम हुँदै गएको तथ्यलाई मध्यनजर गर्दै एसएबी पब्लिक स्कुलले यस प्रकारको कार्यक्रम राखेर नेपाली समाजमा जागरण ल्याउने विद्यालयका संस्थापक प्रिन्सिपल लक्ष्यबहादुर के.सीले विचार राख्नु भयो ।


ADVERTISEMENT

# # #


विदेशी गीत सङगीतको प्रभावले नेपाली गीत सङगीत ओझेलमा परेको बेला उक्त कार्यक्रममा विद्यार्थीहरूका बीच लोक गीत प्रतियोगिता गराइएको छ । उक्त प्रतियोगितामा विजय हुने क्रमस प्रथम अभिषेक परियार, द्वितिय सिलास्मी थपलिया, तृतिय आयुष्मा बाजुराली , सान्त्वनामा दिपा श्रेष्ठ र आगमन थापा लाई प्रमाण पत्र तथा मेडलद्वारा प्रमुख अथितिबाट पुरस्कार वितरण प्रदान गरिएको छ । कार्यक्रमको आकर्षणका रूपमा सम्पूर्ण नेपालको प्रतिनिधित्व हुने गरी नेपाली सांस्कृतिक पोशाकमा सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा अतिथिहरूको उपस्थिति रहेको थियो ।

मिस नेपाल श्रृङ््खला खतिवडालाई नगद पुरस्कार सहित सम्मान गरिएको कार्यक्रममा हिडन ट्रेजरका अध्यक्ष गोपाल कक्षपतीलाई सम्मानपत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको आयोजकले जनाएको छ । उक्त कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्यहरू प्रर्दशन गरेका थिए ।