काठमाडौँ– देशका विभिन्न स्थानका एनसेल टावरमा भएको आक्रमणको जिम्मेवारी नेत्रवित्रम चन्द (विप्लव) नेतृत्वले लिएको छ । शुक्रबार राति ललितपुरको नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालय अगाडि बम पड्काउँदा एक जनाको मृत्यु भएको थियो । दुई जना घाइते भएका छन् ।


ADVERTISEMENT


पार्टी उच्च स्रोतका अनुसार ७३ अर्बभन्दा बढी कर छलेको, नेपालमा प्राप्त आम्दानी नेपालमा नै लगानी नगरी विदेश लगेको, अदालतले गरेका निर्णयहरू पालना नगरेको भन्दै आक्रमण गरेको पुष्टि गरेको छ ।


ADVERTISEMENT

# # #


यद्यपी नेकपाले ललितपुरमा भएको घटनाप्रति दुख व्यक्त गर्दै व्यक्ति वा सर्वसाधारणप्रति लक्षित भएर मानवीय क्षति गर्ने योजना नरहेको बताएको छ ।