काठमाडौं । आइ.एम.एस. ग्रुपको आधिकारिक बिक्रेताको रुपमा नेपालमा साङ्गयोङ्ग मोटर्सले आईतबार देखि आफ्नो शोरुम पोखराको उत्तमचोकमा सुरु गरेको छ । कार्यक्रमका प्रमुख अथिती गण्डकी प्रदेशका अर्थ तथा योजना मन्त्री किरण गुरुङ्ग, मिस नेपाल २०१२ सृस्टी श्रेष्ठ, आइ.एम् .एस् ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, प्रेसिडेन्ट तथा सीईओ डिकेश मल्होत्रा, आइ.एम् .एस् मोटर्सका निर्देशक विमल सावर्थिया र मिस नेपाल २००९ जेनिशा मोक्तान मल्होत्राद्वारा शोरुमको उद्घाटन गरिएको हो ।


ADVERTISEMENT


स्याङ्योङ्ग मोटरको सर्भिस सेन्टर क्लब मोटर्स प्रा. लि. पोखराको नयाँबजारमा अवस्थित रहेको छ ।


ADVERTISEMENT

# # #


सोरुम उद्घाटनका अवसरमा साङ्गयोङ्ग मोटर्सले “साङ्गयोङ्ग सुपर सेभिङ्ग र जेएरो मेन्टनेन्स मूल्य” योजना पोखराका ग्राहकहरुका लागि भारी छुटका साथ प्रदान गर्ने भएको छ ।
यो योजनाको ग्राहकहरुले असिमित लाभ उठाउन सक्ने बताईएको छ । यस्तै साङ्गयोङ्ग मोटर्सले गाडिको खरिदमा बिभिन्न अफरहरुको व्यवस्था गरेको छ ।

यस्ता छन् साङ्गयोङ्ग मोटर्सले गाडिको खरिदमा ल्याएका अफरहरु

गाडीको खरिदमा २ वर्षको मेन्टनेस् खर्च निशुल्क गरिनेछ ।
स्पेश मूल्य र एक्सचेन्ज गर्दा उत्कृष्ट भ्यालुसेनको व्यवस्था ।
झन्झ्ट मुक्त तरिकाले बैङ्ग फाइनान्सीङ्गको व्यवस्था । (बेस्ट भ्यालुसेन ग्यारेन्टी ) ११.७२५
फ्रि रोड् ट्याक्स् ( २०७५÷२०७६ )
६०,००० किलो मिटर सम्म तिन बर्षे वारेन्टी ।
५ बर्ष सम्म फ्रि सर्भिसङ्गि ।
गाडीका पार्टहरु सहुलीयत दरमा प्राप्तगर्न सकिने ।
अन्य आवश्यक उपकरणहरु निशुल्क ।
प्रत्येक टेस्ट् ड्राइभमा उपहारको व्यवस्था ।

साङ्गयोङ्ग मोट्र्सको बारेमा

साङ्गयोङ्ग मोटर्स कोरियन लक्जरी एस.यू.भि ब्राण्डको दक्षिण एसियाकै चौथो ठूलो अटोमोबिल निर्माण कम्पनी मध्येको एक हो । यो कम्पनीले सन १९५४ देखिनै आफ्ना उत्पादनमा एड्भान्स टेक्नोलोजी र स्टाइलका साथै इन्जीनको गुणस्तरमा विशेष ध्यान दिदै आएको छ । यसले विभिन्न किसिमका मोडेल, लाइनअपसहरु लक्जरी कारमा, एसयूभिएस, पिक्प ट्रक र एमपिभिएसमा विशेष ध्यान दिएको छ ।