काठमाडौं– अभिनेत्री प्रियंंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी ‘स्वच्छ वातावरण महाअभियान’ को अभियन्ताको रुपमा नियुक्त भएका छन् । वन तथा वातावरण मन्त्रालयको फागुन ७ बसेको मन्त्रिस्तरीय निर्णयले उनीहरुलाई स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त गरेको हो ।


ADVERTISEMENT


अभियानताको रुपमा नियुक्त भएका उनीहरुले देशभर स्वच्छ वातावरण बनाउको लागि जनचेतनाको सम्बन्धि कार्यक्रम गर्नुपर्नेछ । मन्त्रालयले उनीहरुलाई एकवर्षको नियुक्ति दिएको हो ।


ADVERTISEMENT

# # #


केहि साताअघि मात्र सामाजिक काममा योगदान पुर्याउने उदेश्यका साथ आयंका फाउन्डेसन दर्ता गरेका प्रियंका र आयुष्मानले स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा आफुलाई पाउँदा एकदमै खुशी लागेको बताए ।