कास्की – विभागीय टिम त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।


ADVERTISEMENT


पोखरा रङ्गशालाको फुटबल मैदानमा आज भएको क्वार्टरफाइनल खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई ३–१ गोल अन्तरले पराजित गरी अन्तिम चारमा स्थान बनाएको हो । शेर्पा क्लबका लागि खेलको २७औँ मिनेटमा विदेशी खेलाडी प्याट्रिक गोहाले गोल गरेका थिए । दोस्रो हाफमा आर्मीले तीन गोल फर्कायो ।


ADVERTISEMENT

# # #


खेलको ७१औँ र ८०औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गरेका थिए भने खेलमा थप गरिएको पाँच मिनेटको इञ्जुरी समयको पहिलो मिनेटमा जर्जप्रिन्स कार्कीले गोल गरे । दुई गोल गरेका आर्मीका श्रेष्ठ ‘म्यान अफ दी म्याच’ भए ।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले लगातारको यात्रामा थकानका कारण खेलाडीले आफ्नो लय समात्न नसके पनि दोस्रो हाफमा प्रदर्शन सुधार गरी टिमलाई जीत दिलाएको बताए । सहारा क्लब पोखराको आयोजनामा यही फागुन ९ देखि सञ्चालन भएको प्रतियोगिताको अर्को क्वार्टरफाइनल खेल सोमबार थ्री स्टार क्लब र युनाइटेड सिक्किम, भारतका बीच हुने आयोजकले जनाएको छ ।