काठमाडौं – एनआईसी एशिया बैंकका ग्राहकहरुले घर तथा कार्यालयमा बसेर झण्झटरहित तरिकाबाट ईन्टरनेटको माध्यमबाट आफ्नो ग्राहक पहिचान अद्यावधिक केवाईसी गर्न सक्ने भएका छन् । मंगलबार विज्ञप्ती जारी गर्दै बैँकले सोव्यवस्था मिलाइएको जनाएको छ ।


ADVERTISEMENT


यस सुविधा अन्तर्गत ग्राहकले बैंकको वेबसाइटमा गएर लगिन गरी ‘अपडेट केवाइसी अनलाइन’ मा आफ्नो खाता नम्बर, मोवाइल नम्बर र ईमेल आइ(डी. राखेर आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


ग्राहकलाई ग्राहक पहिचान अद्यावधिक गर्न सहजता होस् भन्ने उद्देश्यले यो सुविधा संचालनमा ल्याईएको बैँकले जनाएको छ ।