काठमाडौँ– ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको पोष्टमार्ट गर्न समय लाग्ने भएपछि टुँडिखेलमा आजै गर्ने भनिएको श्रद्धाञ्जली सभा स्थगित भएको छ । दिवंगत सातैजनाको शवको अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।


ADVERTISEMENT


सबै शवको पोष्टमार्टम गर्न समय लाग्ने भएपछि श्रद्धाञ्जली कार्यक्रमको समयसमेत लम्बिएको नेकपा केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । श्रद्धाञ्जलीसभा शुक्रबार ८ बजेदेखि ११ बजेसम्म टुँडिखेलमै हुने समेत जनाइएको छ ।


ADVERTISEMENT

# # #


बुधबार दिउँसो ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरेर फर्किएको एक मिनेटमै हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी, प्रधानमन्त्रीका स्वकिय सचिव युवराज दाहाल, यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, एयर डाइनेस्टिका क्याप्टेन प्रभाकर केसी, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे, नेपाल नागरिक उड्ययन प्राधिकरणका इञ्जिनियर ध्रुबदास भोछिभयाको मृत्यु भएको छ ।

तेह्रथुमको चुहानडाँडामा बनाउन लागिएको प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न बुधबार बिहान पर्यटनमन्त्री अधिकारीसहित सातजना त्यसतर्फ प्रस्थान गरेका थिए ।