काठमाडौँ– ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको निधन भएको छ । नागरिक उडड्यन प्राधिकरणकाले हेलिकोप्टरमा सवार सबैको निधन भएको पुष्टि गरेको हो ।


ADVERTISEMENT


पाथीभरा दर्शन गरेर फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको एयर डाइनाष्टीको AS350 हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो ।


ADVERTISEMENT

# # #


तेह्रथुमको आठराई गाउँपालिकाको चौहान डाँडामा बन्न लागेको विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारी त्यतातर्फ जाँदै थिए ।

खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना भएको नागरिक उडड्यनले जनाएको छ ।

मृत्यु हुनेमा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे रहेका छन् । यस्तै प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्न प्राधिकरणका इन्जिनियर धुब्रदास भोछिभया, हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले समेत दुर्घटनामा ज्यान गुमाएका छन् ।

सम्बन्धित समाचार :

– मन्त्री अधिकारीको निधनले नेकपा स्तब्ध : ‘एउटा भरोसायोग्य नेता गुमायौँ’

– मन्त्री अधिकारी निवासमा आफन्तजन शोकाकूल, बुवाआमालाई काठमाडौँ ल्याइयो

– चारवटा शव सुकेटार ल्याइयो, मौसमका कारण शव सङ्कलन प्रभावित