काठमाडौं – नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आबद्ध लाहोर कलन्दर पाकिस्तान सुपर लिग क्रिकेटमा आज कराँची किङ्ससँग प्रतिस्पर्धा गर्दैछ । चौथो जितको लक्ष्यसहित लाहोर किङसविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।


ADVERTISEMENT


खेल नेपाली समयअनुसार बेलुका सवा ९ः४५ बजे दुबई अन्तर्राष्ट्रिय रंगशालामा सुरु हुनेछ । सन्दीपको प्रदर्शन प्रेरित लाहोरले बुधबार क्युटा ग्याडिएटर्सबिरुद्ध ८ विकेटको जित निकालेको थियो । सन्दीपले क्युटाविरुद्ध ४ विकेट लिएका थिए ।


ADVERTISEMENT

# # #


४ ओभर बलिङ गर्दै १० रन खर्चिएका सन्दीपले यसअघिका दुई खेलमा ४ विकेट गरी समग्रमा ८ विकेट लिएका छन् । ३ खेलमा १२ ओभर बलिङ गर्दै ७६ रन खर्चिएका सन्दीप ८ विकेटसहित सर्वाधिक विकेट लिने खेलाडीको पाँचौं नम्बरमा छन् ।

पेसेवर जल्मीका हसन अली ५ खेलबाट १३ विकेटसहित शिर्षस्थानमा छन् । सन्दीप सुरुआती दुई खेलमा बिग बासका कारण उपस्थित भएका थिएनन् । एकपछि अर्को खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेका सन्दीपको आजको प्रदर्शन कस्तो रहला रु सन्दीप आबद्ध लाहोर ३ खेलमा जित र ३ मा हारसहित ६ अंकका साथ चौथो स्थानमा छ ।