काठमाडौं– गुरु पूर्णिमाका अवरमा नेपाल मानवधर्म सेवा समितिले गुरुपूर्णिमा पूजा महोत्सव सम्पन्न गरेका छ ।


ADVERTISEMENT


एक कार्यक्रकमको आयोजना गरी राजधानीको गौशालामामा सो महोत्सव सम्पन्न भएको हो । महोत्सवमा समितिका केन्द्र प्रमुख महात्मा चमेली बाइजीले गुरुको महिमा, भौतिक जिवनमा आध्यात्मको महत्वका विषयमा प्रवचन गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा समितिले आध्यात्म र सामाजिक विकासको रुपमा निरन्तर कार्य गर्दै आएको समितिका अध्यक्षठाकुर प्रसाद पौडेलले जानकारी गराए । साथै सामाजिक कार्यमा शैक्षिक सामग्री वितरण, वृहत रक्तदान तथा नगर सरसफाई गतिविधिमा अभियान नै चलाएको कुरा पौडेलले बताए ।

कार्यक्रमका अतिथि काठमाडौा महानगरका मेयर विद्यासुन्दर शाक्यले सामाजिक सद्भाव सहिष्णुताको लागि धर्म तथा संस्कृतिको संरक्षण र संम्बद्र्धनका लागि सबै एकताबद्ध हुनु पर्ने बताए। असल र सक्षम पुस्तानिर्माण गर्न युवाहरुमा अध्यात्म तथा नैतिक संस्कार स्थापित गर्न धार्मिक तथा सामाजिक संस्थाहरुको अतुलनीय भूमिका रहेको बताउँदै उनले समाजमा जेष्ठनागरिक, दिन दुुुःखीहरुलाई समेत उचित व्यावस्थापन गर्नुुपर्ने कुरामा जोड दिए।

सो नेपाल मानव धर्म सेवा समितिले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुुख विद्यासुन्दर शाक्यलगायत वडा न ९ का सम्पुर्ण पदाधिकारीहरुलाई सम्मान गरेको थियो ।