चितवन– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र सरकार विस्तार हुने बताएका छन् ।


ADVERTISEMENT


प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले संविधान संशोधनको प्रस्ताव लाने तयारी गरिरहेको बताए । उपप्रधानमन्त्री महराले भने “संविधान संशोधनको प्रस्ताव आज भोलि नै पेश हुन्छ ।” पत्रकारको एक प्रश्नमा उनले मन्त्रालय भागबण्डामा खासै विवाद नरहेको बताउए ।


ADVERTISEMENT

# # #


उपप्रधानमन्त्री महराले भारतले लगाएको मालसामान तथा सेवा व्यवसाय कर गुड्स एण्ड सर्भिस ट्याक्स (जिएसटी)को नेपालमा पर्ने प्रभावका विषयमा अध्ययन गर्न छिट्टै एक टोली भारत जाने जानकारी दिए।

भर्खरै मात्र जिएसटी लागू गरेकाले त्यसको परिणाम आई नसके भन्दै उनले आफू केही समय अघि भारत जाँदा यस विषयमा त्यहाँका परराष्ट्रमन्त्रीसँग समेत कुराकानी गरेको बताए।

भारतको केन्द्रीय सरकारले १ जुलाई २०१७ देखि राष्ट्रभर नयाँ तथा एकीकृत कर प्रणाली लागू गरेको छ । मालसामान तथा सेवा व्यवसाय कर गुड्स एण्ड सर्भिस ट्याक्स (जिएसटी) नामाकरण गरिएको यस नयाँ र एकल कर प्रणाली राष्ट्रव्यापी रुपमा लागू गरिएपछि यसअघि विभिन्न राज्य तथा केन्द्रमा विद्यमान अलग अलग राज्यीय र संघीय कर व्यवस्था खारेजीमा परेको छ ।